तीनै तहका सरकारले जनतालाई अनुभूत हुनेगरी सुशासन र सेवा प्रवाह गर्न आवश्यक छ : मन्त्री जोशी

काभ्रेपलाञ्चोक। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले तीनै तहका सरकारले आ-आफ्नो जिम्मेवारीअनुसार जनतालाई अनुभूत हुने गरी सेवा प्रवाह र विकास व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

Advertisement 1

उनले सेवा प्रवाह र विकास व्यवस्थापनमा जनप्रतिनिधि र कर्मचारीहरु समेतले सुशासनका पक्षमा प्रतिवद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्रालयले बिहीबार धुलिखेलमा गरेको बहुक्षेत्रीय पोषण योजना तेस्रो, पोषणमैत्री स्थानीय शासन र स्थानीय तहको अनुगमन तथा प्रतिवेदन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री जोशीले संविधानले तीनै तहका अधिकारको स्पष्ट बाँडफाट गरेको उल्लेख गर्दै सबैले आफ्नो दायित्व पूरा गर्नेमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

Advertisement 2

मन्त्री जोशीले पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सर्वपक्षीय प्रतिवद्धता साथै कृषि, पशुपन्छी लगायतका क्षेत्रको प्रवर्द्धन र सम्वर्द्धन हुनुपर्ने बताए ।

प्रकाशित :२०८० चैत्र ९, शुक्रबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry