वीर अस्पतालका चिकित्सकले दिए सामुहिक राजीनामा,कर्मचारीहरु आन्दोलनमा

वीर अस्पतालका व्यवस्थापकहरुको लापरवाहीका कारण एमरजेन्सी शाखा (आकस्मिक कक्ष)मा कार्यरत १६ जना चिकित्सकहरुले राजीनामा दिएका छन् । त्यहाँ कार्यरत अरु कर्मचरी समेत आन्दोलित भएका छन् । कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनमा छन्। अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन थालेका उनीहरुले बुधबार धर्ना दिएका छन्।

Advertisement 1

कर्मचारीहरुका अनुसार व्यवस्थापकलाई तीन दिनभित्र आफ्नो माग सुनुवाई नगरे आन्दोलनको कडा कार्यक्रम अगाडि सार्ने जनाएका छन् । बीर अस्पतालका नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्यले शुक्रवारभित्रमा कर्मचारी माग सम्बोधन नभए आन्दोलनका नयाँ कार्यक्रम ल्याइने जनाए ।


उता बीरकै आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजिनामा दिएका छन् । अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै चासो नदिएको भन्दै सामुहिक राजिनामा दिएका हुन् ।

प्रकाशित :२०७७ कार्तिक १९, बुधबार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry