चैत १५ गतेपछि कर्मचारी सरुवा गर्न नपाइने
चैत १५ गतेअघि नै संघ परदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।
Advertisement 1
त्यस्तो स्थानमा स्वीकृत दरबन्दीको पद र तहअनुसारको कर्मचारी सरुवा र पदस्थापन गरिसक्न निर्देशन दिएको हो । आयोगको सोमबार बसेको बैठकले सरकारलाई २३ बुँदे निर्देशन दिएको छ ।
चैत १५ अगावै कर्मचारीको सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीहरु चैत १५ अघि नै पदस्थापन र सरुवा गर्न निर्देशनसमेत आयोगको निर्देशन छ ।
Advertisement 2
स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थाप पनि चैत १५ अघि नै गर्न निर्देशन छ ।
प्रकाशित :२०७८ फाल्गुन १८, बुधबार १९:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%