निजामती कर्मचारीको ठूलो संगठन विभाजनको मुखमा :-अध्यक्ष फुटाउन खोज्ने,महासचिव जोगाउन !
निजामती कर्मचारीहरुको सबैभन्दा ठूलो संगठन नेपाल निजामती कर्मचारी संगठन फुटको मुखमा पुगेको छ । पार्टी विभाजनको असर संगठनमा समेत देखिन लागेपछि सो संगठनका महासचिव रेबन्त गौतमले संगठनलाई जोगाउन र एकढिक्का बनाइराख्न अपिल गरेका छन् ।
केपी ओली पक्षधर मानिएका अध्यक्ष केदारप्रसाद देवकोटाले संगठनलाई विधानलाई समेत कुल्चदै आगामी असोज २ गते केन्द्रिय कार्यसमिति र राष्ट्रिय भेला डाकेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको विधान अनुसार,संगठनको सचिवालयको बैठक बसी एजेण्डा पास तथा तय गर्ने र सो एजेण्डा सहित केन्द्रिय कार्यसमितिको बैठक अध्यक्षको सहमतिमा महासचिवले आह्वान गर्नुपर्ने भए पनि विद्यानलाई कुल्चदै महासचिवलाई थाहै नदिई केन्द्रिय कमिटिको बैठक डाकिएको प्रति महासचिव गौतमले विज्ञप्ती नै निकालेर आपत्ति जनाएका छन् ।
गौतमद्धारा जारी विज्ञप्तीमा भनिएको छ,संगठनका अध्यक्षको यो गतिविधि र हर्कत कुन्ठित राजनीतिक अभिलाषाबाट प्रेरित छ ।
तत्कालको महत्वपूर्ण बिषयलाई पन्छाएर०७८ असोज २ मा केन्द्रिय कार्यसमिति र राष्ट्रिय भेला डाकिएको बिषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै विज्ञप्तीमा भनिएको छ,संघीयता पछि महत्वपूर्ण मानिएको कर्मचारीको मुल कानुन संघीय निजामती सेवा ऐन तीन बर्षदेखि अलपत्र परेको,समायोजित कर्मचारीहरुको सेवा शर्त र हितको बिषयमा बोल्नुपर्ने समयमा महत्वपूर्ण बिषयलाई पन्छाएर अनिर्णित र असान्दर्भिक एजेण्डा बोकेर वैद्यानिक बाटोलाई वेवस्था गरिएको प्रति आपत्ति प्रकट गरिएको छ ।
Advertisement 1
यो यही संगठन हो,जो ०५४ सालमा एमाले फुटेर माले बनेको समयमा समेत एक ढिक्का रहेको थियो । अहिले पार्टी फुटको नाममा संगठन पनि फुटाउनु उचित कदम नहुने महासचिव गौतमको भनाई छ । भोली ढिलो वा चाँडो पार्टी एक हुन्छ । पार्टी एक ढिक्का हुँदा हामी पनि फेरि एकै ठाउँमा उभिनु छ भने अहिले किन विभाजन रोज्ने ? गौतमले प्रश्न गरेका छन् ।महासचिव गौतमले संगठनका धेरै संगठक र साथीहरु एकताकै पक्षमा भए पनि अध्यक्षले जर्वजस्त विभाजनतिर लैजान खोजेको आरोप लगाएका छन् ।
उनले भने,निजामती कर्मचारी संगठन विशुद्ध पेशाकर्मीहरुको संगठन हो । यो युवा संघ,अखिलजस्तो संगठन नभएको र माथि नेताहरु फुट्ने वित्तिकै पेशाकर्मीहरुको संगठन पनि फुट्नै पर्दछ भन्ने नभएको,लाखौं पेशाकर्मीहरुको छायाँ संगठनलाई जोगाउन र एकढिक्का बनाइराख्न उनले कर्मचारी,पेशाकर्मी,बुद्धिजीविदेखि नेताहरु समक्ष समेत अपिल गरेका छन् ।
Advertisement 2