१५ महिना पदावधि बाँकी छँदै थानीको राजीनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले मंगलबार अपराह्न ४ बजे पदबाट राजीनामा दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।
Advertisement 1
उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् ।
थानीले करिब दुई वर्षअघि नेतृत्व सम्हाल्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको थियो, जसकारण निगम चरम नोक्सानीमा थियो । उनले कार्यकाल सम्हालेको आव ०७८/७९ मा निगमले ४८ अर्ब ९५ करोड नोक्सान व्यहोरेको थियो भने इन्डियन आयल कर्पोरेसन (आइओसी)को बक्यौता २४ अर्ब थियो ।त्यस्तै, सरकारबाट सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट तीन अर्ब गरेर कुल १० अर्ब रुपैयाँ ऋण लिनुपरेको थियो ।
Advertisement 2
थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।