झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो ।
Advertisement 1
ऐनअनुसार सम्बन्धन दिन आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जनाए । मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएण्डसी सञ्चालक दुर्गा प्रसाईंले शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायत सरकारी निकायलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धन दिन आदेश दिएको हो ।
मेडिकल व्यवसाय हुँदै राजनीतिमा जोडिएका दुर्गा प्रसाईँले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद हुदैँ आएको थियो ।