अख्तियारमा छिर्यो कोरोना

पछिल्लो समय भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कोरोना संक्रमण छिरेको छ । पछिल्लो समय अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएको हो ।

Advertisement 1

आयोग स्रोतका अनुसार हिजोसम्म प्रमुख आयुक्त प्रेमकुमार राई वरिपरि बस्ने धेरैजसो संक्रमित भएका छन् । उनका दुई जना निजी सचिवमा संक्रमण पुष्टि भएलगत्तै चालकमा पनि देखिएको छ । सामान्यतयाः धेरै मानिसको आवतजावत नहुने उक्त कार्यालयमा समेत कतिपयलाई कोरोना लागेपछि संक्रमण समुदायस्तरमा पुगेको आकलन गरिएको छ ।

त्यसैगरी मेकानिकल इञ्जिनियर र केही अन्य कर्मचारीमा समेत लक्षण देखिएको बताइन्छ । सबैलाई कोरोनाको लक्षण देखिए पनि हिजोसम्म प्रमुख राईमा भने कुनै लक्षण फेला परेको छैन । प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद थपलियादेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित :२०७८ पुष २९, बिहीबार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry