काँग्रेसी कर्मचारीहरुलाई लाग्यो चुनाव :- यी हुन प्रतिष्प्रर्धी

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्वका लागि दुई समूहबीच भीडन्त हुने भएको छ ।नेपाल निजामती कर्मचारी युनियनको आठौं महाअधिवेशन यही २१ गतेदेखि ३२ गतेसम्म राजधानीको कमलपोखरीमा हुँदै छ ।  शनिबारदेखि काठमाडौंमा  नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल प्रसाद पोखरेल र वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका सुवास कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

Advertisement 1

वर्तमान अध्यक्ष पोखरेल फेरि अध्यक्षमा दोहोरिने चाहना राखेका छन् ।उम्मेदवारी दर्ता गर्ने कार्यतालिका आगामी आइतबार रहेको छ । ६६० जना मतदाताले ८५ सदस्यीय कार्यसमितिमा चयन गर्नेछ । जसमा ८० जना निर्वाचित हुनेछन भने ५ जना मनोनयन गरिने बताइएको छ । पदाधिकारी एक जना अध्यक्ष,१३ जना उपाध्यक्ष,४ जना सचिव,२ उपमहासचिव,१ महासचिव,केन्द्रीय सदस्य खुला ५ रहनेछन् । उपाध्यक्ष १३ जना र केन्द्रीय सदस्य कम भएको भन्दै अहिले विधान संशोधनको कुरा समेत उठिरहेको छ । कर्मचारी युनियनका वर्तमान उपमहासचिव दुर्गा फुँयालले अहिलेको विधान समावेशी,संविधानत नभएको भन्दै विधान संशोधनको बिषय उठान भइरहेको सुनाए ।

आगामी नेतृत्वका लागि पोखरेल समूहबाट  वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, उपाध्यक्षमा खुलाबाट यज्ञ ओली, महासचिवमा दुर्गा फुयाल र २ उपमहासचिव पदमा इन्दु शर्मा र गणेश भण्डारी रहेका छन् । यस्तै उपाध्यक्ष पदमा प्रदेश १ बाट मानबहादुर वन, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दिपक रेग्मी, कर्णालीबाट चन्द्र खड्का, सुदूरपश्चिमबाट चेतराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement 2

त्यसै गरी महिला उपाध्यक्षमा निर्मला शर्मा, संघीय उपाध्यक्षमा तेजकुमार केसीले र कोषाध्यक्ष पदका लागि प्रयास घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

यता अध्यक्षका अर्काे प्रत्यासी सुरेन्द्र अधिकारीको प्यानलबाट उपाध्यक्षका रुपमा सुभाष कोइराला, उपाध्यक्षमा खुलाबाट यज्ञ अर्याल, महासचिवमा जनक रावल र २ उपमहासचिव पदमा एक जना देवराज सापकोटाले मात्र अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement 3

त्यसै गरी उपाध्यक्ष पदमा प्रदेश १ बाट तोयाप्रसाद तिमिल्सिना, बागमतीबाट पुस्कर नेपाल र दीपक मिश्रमध्ये कुनै एक जनाको नाम टुंगो लाग्न बाँकी छ ।

गण्डकी प्रदेशबाट कृष्ण अर्याल, कर्णालीबाट नृपजंग शाही, सुदूरपश्चिमबाट पूर्णबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । त्यसै गरी महिला उपाध्यक्षमा नाम टुंगो लाग्न सकेको छैन । कोषाध्यक्ष पदका लागि सुशील बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन् ।

२ जना उपमहासचिव पदका लागि दुवै पक्षबाट गरि अहिलेसम्म ३ जनाको उम्मेदवारी घोषणा भएको बुझिएको छ । पोखरेल पक्षबाट इन्दु शर्मा र गणेश भण्डारी रहेका छन् भने अधिकारी पक्षबाट देवराज सापकोटाले पनि उपमहासचिवमा उम्मेदवारी दिने बुझिएको छ ।

यस्तै ४ खुला सचिवका कुलप्रसाद भट्टराई, जगत पाठक, कृष्णबहादुर सैजुवाल, हरिबहादुर क्षेत्री, प्रकाश भट्टराई, झबिन्द्र पोखरेल, धीरेन्द्रराज सुवेदी, भरतकुमार मैनाली र दिनेश पोखरेलले उम्मेद्धारी घोषणा गरेका छन ।

 

प्रकाशित :२०७८ फाल्गुन १८, बुधबार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry