सर्वोच्चको आदेशलाई कारण देखाउँदै लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको नतिजा प्रकाशन

लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरिएको आयोगद्धारा सोमबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

Advertisement 1

लोकसेवा आयोगले शाखा अधिकृतको नतिजाका पर्खाइमा रहेका युवा युवतीहरुलाई झड्का लाग्ने गरी सूचना प्रकाशन गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशन गर्दै अधिकृतको नतिजा प्रकाशन स्थगन गरेको जनाएको छ । यस्तै यो निर्णयबाट संघको दरबन्दी लुकाएर प्रदेश र स्थानीय तहतिर लखेटिएका अधिकृतहरुलाई भने राहत मिलेको छ ।

आयोगका सूचना अनुसार,आयोगले विज्ञापन नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको नतिजा प्रकाशन स्थगन गरिएको हो ।

Advertisement 2


सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेको हो ।

 

प्रकाशित :२०७८ भाद्र २८, सोमबार १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry