निजामती सेवाको विकृती :- हाजिर भएको साता दिनमै सरुवा

निजामती कर्मचारी वृत्तमा सबैभन्दा भद्रगोल कतै छ भने त्यो हो कर्मचारी सरुवामा । निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई कम्तिमा दुई बर्षसम्म एउटै कार्यालय काम गर्न दिनुपर्दछ भन्दछ । तर विकृती कस्तोसम्म छ भने कोही कर्मचारी २५ बर्षसम्म एउटै मन्त्रालयमा डेरा जमाएर बसेका छन् अनि केही कर्मचारी पाँच सात महिनाभन्दा बढी कहिँ टिक्दैनन् ।
कर्मचारी युनियनका आडमा नेताहरुले एउटै मन्त्रालयमा दशौं बर्षसम्म राज जमाइरहेका देखिन्छ । तर एक जना सहसचिव जो साता दिनमै सरुवा भएका छन् ।

Advertisement 1

केही महिना अघि मात्र लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट काठमाडौंमा तानिएका होमप्रसाद लुइँटेलले । उनले त्यहाँ जम्मा ५ महिना मात्र सिडियो चलाए । उनको सरुवा त्यहाँबाट मुस्लिम आयोगमा भएको थियो तर हाजिर भएको एक सातामा त्यहाँबाट सरुवा मिलाएर हिडेका छन् ।उनी सो कार्यालयमा हाजिर भएको साता दिन नहुँदै त्यहाँबाट सरुवा मिलाउन सफल भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ९ मंसिरमा एकै पटक ४९ सहसचिवको सरुवा गरेको थियो । सो सरुवाको क्रममा लुइँटेल पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।
यस अघि मंसिर पहिलो साता मात्र उनी आयोगमा पुगेका थिए ।एउटा जिल्ला कमाण्ड गरिसकेका सिनियर सहसचिवलाई के आधारमा लो प्रोफाइल कर्मचारी बस्ने आयोगमा पठाइयो ? अनि पठाएको साता दिन दिन नबित्दै फेरि किन सरुवा गरियो ? यस्ले उजागर गर्छ हाम्रो सरुवा प्रणाली कतिसम्म भद्रगोल,लहड र सनकको भरमा चलिरहेको छ भन्ने ।

Advertisement 2

सहसचिव तहका कर्मचारी मुस्लिम आयोगको सचिव हुने प्रावधान छ । उनको स्थानमा सहसचिव रेखा दासलाई त्यहाँ पठाएको छ । दास हालै मात्र सहसचिवमा बढुवा भएकी हुन ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry