यी हुन ३५ दिने प्रशिक्षणका लागि छनोट भएका उपसचिवहरु

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ दिने प्रशिक्षणका लागि कर्मचारी छनोट गरेको छ । जसमा दुई जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र एक जना महानगरपालिकाका उपसचिव छनोट भएका हुन् ।

Advertisement 1


यसरी तालिमका लागि छनोट भएकाहरुमा सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पोखरेल र कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल तथा पोखरा महानगरपालिकाका आर्थिक प्रशासनका उपसचिव जयराम पौडेललाई सचिव स्तरीय निर्णयबाट सिफारिस गरेको हो ।

प्रकाशित :२०७७ पुष ३, शुक्रबार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry