स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
उनले सो अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कोरोना खोपलाई बढी स्थान दिएका छन ।
‘प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाई मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको थियो,’ मन्त्री खतिवडाले भने ।
आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् । २०७७ माघ महिना देखि संचालित कोभिड–१९ बिरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित सञ्चालन भईरहेको उनले जनाए ।
बिरोध खतिवडाज्यूले २०७८ असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगती विवरण
कोभिड खोप सम्बन्धी कार्य प्रगति:
१। सम्माननीय प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता “खोप, खोप र खोप” लाइ मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको स्
क १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको छ ।
ख विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई ९पहिलो त्रैमासिकपछि० खोप दिने नीति अपनाइएको छ ।
ग लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फ़त निरन्तर आपूर्ति भैरहेको छ ।
घ २०७७ माघ महिना देखि संचालित कोभिड(१९ बिरुद्धको खोप अभियान समय तालिका बनाइ संचालन गरिएकोमा, २०७८ मंसिर महिनादेखि कोभिड १९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित संचालन भईरहेको।६५ बर्ष भन्दा माथिको उमेर समुह, दीर्घ रोगि एबम ँचयलतष्लिभचक लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिदै आएकोमा मिति २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ
ङ ५(११ बर्ष उमेर समुहको बाल बालिकालाइ समेत कोभिड(१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिस्चितता भएको छ
२. विगतमा संघीय तहबाट निश्चित अवधी निर्धारण गरेर निश्चित समूहलाई कोभिड(१९ बिरुद्ध को खोप प्रदान गरिएकोमा, हाल कार्यनीति परिमार्जन गरी देहाए बमोजिमका रणनीति अबलम्बन गरिएको स्
क खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको छ ।
ख ठुला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको छ।
ग दैनिक आवत जावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रबेश नाकाहरुमा यात्रुहरूलाइ लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ।
घ सार्वजनिक सेवा प्राप्तिको लागी कोभिड १९ विरुद्धको खोप अनिवार्य रुपमा लिनुपर्ने कानूनी प्रावधान लागू गरिएको छ ।
३. खोप लगाएको क्यू।आर।कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको छ।
४. खोप कभरेजको लक्ष्य
0 २०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ
0 २०७८ माघ २७ गते सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७५ लाई पहिलो मात्रा र ६९५ लाई पूर्ण खोप प्रदान गरिएको छ
0 २०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड (१९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यस्को लागी आवश्यक पर्ने खोपको मौजदात सुनिस्चित गरिसकिएको छ, हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष तोकिएको मिति भन्दा अगावै प्राप्त हुने अवस्था छ
५. खोपको उपलब्धता ९२०७८ माघ २७ सम्म०
0 हालसम्म प्राप्त खोप स् ४ करोड ६५ लाख ७० हजार ७२०
0 खोप लगाएको मात्रा स् ३ करोड ४८ लाख २५ हजार ६०१
६. कोभिड-१९को निदान गर्नको लागि एऋच् परिक्षण गर्ने प्रयोगशालाको संख्या र परिक्षण क्षमता वृद्धि गरिएको र कोभिड(१९ को भेरिएन्ट पत्त्ता लगाउन नेपालमा नै न्भलभ क्भत्रगभलअष्लन कार्य शुरुवात भैसकेको छ, अनियमितता गर्ने प्रयोगशाला तथा अस्पतालहरुलाई कारवाहीको दायरामा ल्याउने कार्य भैरहेको छ, एऋच् परिक्षणको मूल्य निजि अस्पतालरप्रयोगशालामा रु २००० वाट घटाई रु १५०० र सरकारी स्वास्थ्य संस्थामा रु १००० वाट घटाई रु ८०० कायम गरिएको छ,
७.कोभिड-१९ संक्रमितको उपचार ब्यबस्थापनको लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, आइ।सि।यु। बेड, ज्म्ग् बेडको संख्या वृद्धि गरी अस्पतालहरुको क्षमता वृद्धि गरिएको छ
८. कोभिड-१९ युनिफाइड अस्पताल ९बिर अस्पताल० मा २४ सै घण्टा ज्यत सेवा मार्फत परामर्श सेवा प्रदान गर्न शुरु भएको छ
९.भारतसंग सिमाना जोडिएका प्रवेश बिन्दूहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्य ९०५ को क्अचभभलष्लन भैरहेको तथा क्अचभभलष्लन भएका मध्य ८७ ५ भन्दा धेरैको कोभिड(१९ को परिक्षण भैरहेको छ
१०. कपिलबस्तुमा फैलिएको हैजाको प्रकोपलाइ समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान समेत संचालन गरिएको छ
मन्त्रालयका नयाँ नीतिगत दस्तावेजहरू:
१. नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना ९२०७८/२०८३० मन्त्रिपरिषदबाट स्वीकृत भैसकेको, मृगौला प्रत्यारोपण,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८/२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति२०७८(२०८६ को अंतिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७र१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण-२०२१, टेलिमेडीसीन सेवा संचालन कार्यबिधि,२०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७८ तर्जुमा भएको छ ।
२. दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९/२०८६ तर्जुमा कार्य शुरु गरिएको छ। आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुनेछ ।
३. नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको छ ।
४. नेपालमा ओमिक्रोनका बिरामीहरु बढदो क्रममा रहेकोले राष्ट्रिय संयुक्त बार्षिक समिक्षा भर्चुवल माध्यमबाट सम्पन्न गरिएको। यस कार्यक्रममा संघ, प्रदेश र स्थानीय स्तरका स्वास्थ्य सम्बन्धी प्रगती र चुनौती विश्लेषण गर्दै थप प्रभाबकारी स्वास्थ्य सेवाका लागि योजना तर्जुमा गरिएको छ ।
५. कोभिड(१९ संक्रमित बालबालिकाहरूको उपचार सम्बन्धी प्रोटोकल, आकस्मिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य, आँखा, नाक,कान,घाँटी,मुख स्वास्थ्यको लागी स्तरीय उपचार पद्धति भलत एचयतयअय०ि जारी गरिएको छ
६. रेबिज बिरुद्धको इम्यूनोग़्लोबुलिन शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल, टेकुवाट मात्र बितारण गरिदै आएकोमा हाल सातै प्रदेशका १र१ ओटा अस्पतालवाट निस्शुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ ।
७. नेपालको मध्य भागमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्ने उद्धेस्यले समिति गठन गरि सम्भाव्यता अध्ययन गर्ने कार्य भै रहेको छ
स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था विस्तार सम्बन्धी स्
0 २२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ।
0 जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुबिधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भै हस्तान्तरण समेत भैसकेको छ
0 ५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको छ।
अन्त्यमा,
नेपालमा कोभिड(१९ को महामारीलाई नियन्त्रण गर्न एबम कोभिड(१९ विरुद्धको खोप कार्यक्रमलाई सफल बनाउन योगदान गर्नुहुने स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, शिक्षक, विध्यार्थी, सरकारी, गैर सरकारी संघसंस्था, दातृनिकाय, समाजसेवी र संचारकर्मीरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु, स्वास्थ्य क्षेत्र सुधारको लागि प्राप्त हुने रचनात्मक सुझावको स्वागत गर्दछु ।
प्रकाशित :२०७८ माघ २८, शुक्रबार १२:५८