विनोद चौधरीको कारण दुई घर भत्किए,अरु आधा दर्जन धरापमा

डलर अर्बपति तथा कहिले एमाले,कहिले काङ्ग्रेस साँसद विनोद चौधरीको लगानीमा निर्माणाधीन अपार्टमेण्टका कारण कुपण्डोल नजिकै दुई घर भत्किएका छन् । सानेपा हाइटस्थित पुरानो होटल समिट भएको ठाउँमा बनाइएको अपार्टमेण्टका कारण वरपरको जमिन भासिएको स्थानीयले बताए ।
Advertisement 1
चौधरीले त्यहाँ आफ्नो धन र राजनीतिक पहुँचको बलमा बनाएको अपार्टमेन्टले स्थानीयबासीलाई भने सुकुम्वासी नै बनाएको छ । शहरी विकास मन्त्रालयलगायत निकायमा आर्थिक र राजनीतिक पहुँचको भरमा उक्त नक्सा पारित गरिएको थियो । प्रहरीका अनुसार होटल समिटसँगैको एउटा पुरानो घर क्षतिग्रस्त भएको छ । नजिकै निर्माणाधीन एउटा भवनको पनि भुईं तला भासिएको छ । गए राति जमिन भासिएपछि वरपर सबै घरका मानिस बाहिर निस्केर भागेका थिए ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उक्त संरचना निर्माण गर्नुपूर्व नक्सापास नगरिएको बताएका छन्। त्यसैगरी, बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयबाट पनि वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन।
Advertisement 2
अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले यो अपार्टमेन्ट बनाउन लागेको हो। होटलसहित त्यहाँ दुई सय बेड क्षमताको सुविधासम्पन्न संरचना बनाउने योजना छ। स्थानीय बासिन्दाले निर्माण अघि नबढाउन बारम्बार भन्दै आए पनि निर्माण पक्षले बेवास्ता गरेको स्थानीय पवित्रा विष्टले बताइन्।