रसुवा काङ्ग्रेसको भ्रम र धुन्चे सभाहल निर्माणको यर्थाथता
…………………………………………..
पछिल्लो समयमा रसुवा जिल्ला सदरमुकाम धुन्चेमा जिर्ण अवस्थामा रहेको सभाहल निर्माणको लागि बजेट विनियोजन भएको बारे चलाइएको हल्ला बास्तबमा भ्रम हो भन्ने विषयमा सम्पूर्णमा अबगत भै सकेको नै छ । अहिले नेपाल सरकारले छुट्याएको भनिएको बजेट रु. ५ लाख रुपियाँले सभा हल बन्न सक्दैन , यो यर्थाथता हो ।
धुन्चेमा रहेको ऐतिहासिक सभा हल २०७२ को भूकम्पको कारण क्षती हुन पुग्यो ।सदरमुकामको सभा हल आकर्षक, कलात्मक र भव्य रुपमा बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ र हामीले विगतमा पनि पहल लिएका थियौं ।निर्माणकार्यको लागि हरेक साल न्यून बजेट पर्ने कारण योजनाले मुहुर्त रुप लिन नसकेकै हो ।गत बर्ष मात्र संविधान सभा सदस्य मा.छोवाङ तेन्जेन तामाङ ,गोसाइँकुण्ड कुण्ड पालिका अध्यक्ष -कैसाङ नुर्पु तामाङ पार्टी अध्यक्ष कर्न्याल लामा लगाएतका साथिहरुले शहरी बिकास राज्यमन्त्री मा.रामबीर मानन्धरलाई रसुवा भ्रमणमा ल्याई उक्त सभा हल निर्माणको लागि र बजेट विनियोजनाको निमित्त ध्यानाकर्षण साथै अनुरोध गर्नु भयको थियो र पनि आबश्यक बजेट पर्न सकेन । भुकम्प पश्चात् हरेक बर्ष जसो पाँच दश लाख रुपियाँ विनियोजन त हुन्छ तर त्यसले डि.पी.आर. तयार गर्नको लागि पनि अप्रयाप्त हुने भएपछी त्यसै ओझेमा पर्दै गएको छ । हामीले काम अघि बढाइसकेका थियौं तर, २०७४ को निर्वाचनपछि प्रतिकुल परिस्थित सिर्जना हुन पुगेको हुँदा त्यो कार्य अघि बढ्न सकेन । अहिले विनियोजन भएको बजेट ५ लाख रुपियाँले सभाहल बन्ने भयो भन्ने जुन खालको भ्रम काङ्ग्रेस का केही साथीहरु लगायतको टिमबाट भयो, त्यो सरासर भ्रम हो भन्ने बुझ्न सबैमा आग्रह गर्दछु ।
धुन्चेमा सभा हलको आवश्यकता छ, त्यसको लागि हामी (नेकपा एमालेका पार्टी अध्यक्ष कर्णेल लामा, संविधान सदस्यहरु छोवाङ तेन्जिन तामाङ, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ् नुर्वु तामाङ, उपाध्यक्ष करग्याल्मो तामाङ, लगायत पार्टीका जिम्मेवार साथीहरु) लागि परिरहेका थियौ र छौं पनि ,अफसोच लक्ष्य पूरा हुन सकेको छैन ।
सभा हल बन्ने भयो भनेर मिडियामा र फेसबुक (सामाजिक सञ्जाल) मा लेखेर जनतालाई हामीले गर्यौ भनेर भ्रम छर्नु भनेको राम्रो कार्य होइन । कमसेकम ५ लाखको ठाँउ मा ५ करोड मात्रै परेको भएपनी हर्षबढाइ गरेको सुहाउथ्यो ,जुन शीर्षक बिगत बर्ष देखि निरन्तर शहरी बिकास मन्त्रालयको बजेट बुकमा दर्ज हुँदै आएको छ अर्थात यो बर्ष बजेट शीर्षक थप भै नयाँ योजना परेको पक्कै होइन ।त्यही भ्रमको पछि लागेर केही गाउँपालिकाका अध्यक्ष, प्रदेशका सांसद्, काँग्रेसका नेताहरु र मिडियाकर्मीहरु समेत झुक्याउनुमा पर्नु भएको छ । यथार्थ बुझेर मात्र पछि लाग्नु भएको भए बेस हुने थियो । उहाहरुले डि.पि.आर. भै सकेको समेत भन्न भ्याउनु भयको छ ।अनि DPR भयको योजनाको कुल रकम बजेट शिर्षकमा पर्दैन??अनि फेरि बहु बर्शिय ठेक्का लगाउन तयार भै सकेको भन्न भ्याउछ्न ।अनि बहुबर्शिय ठेक्का लगाउन तयार भयको योजनाको राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको सहमती चाहिदैन ।यदि सहमति छ भने सहमति दिएको रकम बजेट शिर्षकमा आउदैन ?? यसरी सस्तो लोकप्रियताको लागि भ्रम नछर्नु भएको भए हुन्थ्यो ।बर्षाद ले बन्द भएको ग्रामीण सडक खुलाउन क-कस्को excavator मेसिन फ्री मा दिएको भन्दै वडा र गाउँ पालिकाबाट पैसा असुले जस्तो हैन यो ।बास्तबमा मैले बिरोध गर्न पक्कै खोजेको हैन ।सबै मिलेर जिल्लाको बिकास गर्नु अपरिहार्य छ तर हरेक कुराको सस्तो प्रचारबाजि चाहिँ अलि शैय नहुदो रहिछ ,मन बाधेर बस्न नसकिदो रहिछ ।
रसुवामा विकास अति नै आवश्यक छ । विकासको मुल फुटाउनको लागि असल र कुशल नेतृत्व जन चाहना हो।२०७०भन्दा अगाडी , २०७० देखि २०७४ सम्म भएको काम र २०७४ को निर्वाचनपछि निर्वाचित ब्यक्तिको पहलमा भएको कामलाई मुल्याङ्कन गरौं । कहाँ कहाँ सडक बन्यो, कहाँ कहाँ खानेपानी, सिँचाई र भौतिक पूर्वाधार निर्माणको काम भयो । त्यता तर्फ पनि रसुवालि जनताको ध्यान जानु जरुरी छ। जति गर्भका साथ आफुले गरेको राम्रो कामको प्रचार प्रसार गर्न मज्जा र आनन्द आउछ त्यति गलत कामको प्रचार गर्दा हिनताबोध हुन्छ ।हामी सबैले बास्तबिकता के हो तेहि गरु। कसैलाइ खुशी बनाउन र स्वार्थ पुर्ती गर्न गलत प्रचारमा लाग्नाले आफ्नो साख कहाँ पुग्छ तेस तर्फ पनि ध्यान जानू जरुरी छ ।समृद्ध रसुवा,सुखी रसुवाली बनाउने अभिभारा हामी सबैको हो त्यस कार्यमा हामी सबै लागौ ,यो सम्भब छ ,एकता नै बल हो ।भ्रम छर्ने काम बन्द गरौ ।।
हार्दिक अभिबादन !!!!