‘सामाजिक सञ्जाललाई सन्तुलित र उत्तरदायी बनाउनुपर्छ’

काठमाडौं। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सामाजिक सञ्जाललाई सन्तुलित, उत्तरदायी, पारदर्शी र मानव अधिकारमैत्री बनाउन नियमन प्रणालीको आवश्यकतामा जोड दिएकी छन्। महिला कानुन र विकास मञ्चले यहाँ आज आयोजना गरेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धमा बनेको विधेयक २०८१ सम्बन्धमा छलफल’ कार्यक्रममा उपाध्यक्ष घिमिरेले विधेयकमार्फत सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा सन्तुलित र पारदर्शी बनाउँदै मानवअधिकारमैत्री बनाउन नियमन गर्नुपर्नेमा जोड दिईन्।

Advertisement 1

“सामाजिक सञ्जालको प्रयोग आज सूचना, सञ्चार, विचार र आन्दोलनको एक अभिन्न शक्ति बनेको छ,”  उनले भनीन्, “यसलाई पूर्ण रूपमा प्रतिबन्ध गर्नेभन्दा पनि सन्तुलित, उत्तरदायी, पारदर्शी र मानव अधिकारमैत्री नियमन प्रणाली विकास गर्नु हाम्रो साझा जिम्मेवारी हो।”

उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाका तर्फबाट  विधेयकका सबै पक्षहरूमा समितिमा छलफल गरी  जनमत, सरोकारवालाको सुझाव, विज्ञहरूको राय र अन्तरराष्ट्रिय अभ्यासलाई समेत समेटेर समावेशी, लोकतान्त्रिक र उत्तरदायी विधेयकको रुपमा यसलाई संसद्मा लैजान आग्रह पनि गरीन्।

Advertisement 2

उपाध्यक्ष घिमिरेले विधेयकले उचित कानुनी प्रावधान समेटेको चर्चा गर्दै यसले समेटेका परिभाषा, व्याख्या, संशोधन र पुनर्विचार गरेर  अगाडि बढ्न सकिने धारणा राखीन्। उनले विधेयकले ऐनको रूपधारण गरेमा पछिल्लो समयमा भइरहेका अनगिन्ती सामाजिक सञ्जालको प्रयोगबाट हुने साइबर अपराधलाई नियन्त्रण गर्ने कानुनी प्रावधानको रिक्ततालाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरीन्।

छलफल कार्यक्रममा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विद्यायन समितिका सभापति मायाप्रसाद शर्माले आफ्ना विचार ब्यक्त गरेका थिए।

प्रकाशित :२०८२ श्रावण ६, मंगलवार १६:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry