मुलुकमा बिखण्डन र हतियारको राजनीति समाप्त :-भोली विप्लव र सरकारको संयुक्त सभा

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। सरकार र विप्लव नेतृत्वको नेकपाले गठन गरेका वार्ता टोलीबीच बिहीबार वालुवाटारमा सो सहमति भएको हो। जसअनुसार, सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। यस्तै, सहमतिअनुसार विप्लव समूहका नेता र कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्माको हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ।

Advertisement 1

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख गरिएको छ।
यो सँगै भोली अपरान्ह सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र त्यस पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुनर्स्थापनापछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकअघि एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।‘सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएको छ । विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत रहँदै आएका छन्।विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । यसरी समस्याको समाधान हुनु नेपाल सरकार र नेकपा बिप्लब समुह दुबै पक्षको ठुलो सफलता हो ।
यो सँगै मुलुकमा अराजक र हतियारको राजनीति करिब करिब समाप्त भएको छ । यस अघि ओलीकै नेतृत्वमा मधेशका सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको थियो ।

प्रकाशित :२०७७ फाल्गुन २०, बिहीबार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry