परिणाम आउने गरी योजना बनाएर काम गर्न सामाजिक सुरक्षा कोषलाई श्रममन्त्री अर्यालकाे निर्देशन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सामाजिक सुरक्षा कोषका कर्मचारीलाई निर्देशन दिएका छन् । शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारवाहीका विषयमा जानकारी लिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement 1

कोषका कर्मचारीसँग छलफल गर्दै मन्त्री अर्यालले कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिए । उनले भने, ‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गरौ ।’ कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उनले बताउदैँ भने, ‘काम गर्न तपाईहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ । तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस् ।’

त्यस्तै, मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिएका छन् । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको बताउँदै सचेतना जगाउनुपर्ने उनले बताए । उनले भने, ‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न, टेलिभिजन हेर्न सक्दैनन् । त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै जनतामा पुग्छ, त्यही माध्यमको प्रयोग गरी यसको बारेमा जनचेतना जगाउनु पर्छ ।’

Advertisement 2

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको अहिलेको अवस्था, काम कारवाही र भावी योजनाको बिषयमा श्रममन्त्री अर्याललाई जानकारी गराएका थिए ।

प्रकाशित :२०८० चैत्र २, शुक्रबार १६:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry