नेपाल टेलिकमलाई मोबाइल लाइसेन्सको पाँच वर्षका लागि अनुमति प्रदान

काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सका नयाँ अनुमति पाएको छ । यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर शुक्रबार तिरेपछि पाँच वर्षका लागि अनुमति दिएको हो ।

Advertisement 1

प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले पाँच वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशकसमेत रहेका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार यो सँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल वाको लाइसेन्स पुनः प्राप्त गरेको हो ।

नेपाल टेलिकमले २०५६ वैशाख २९ मा २५ वर्षे अवधिका लागि लाइसेन्स पाएको थियो । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमलाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्रकाशित :२०८१ बैशाख २८, शुक्रबार २३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry