आठ सचिवको जिम्मेवारी हेरफेर

सरकारले एकै पटक आठ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । अस्ति सोमबारको क्याविनेट बैठकले आठ सचिवहरुको सरुवा गरेको हो । सरुवा भएका सचिवहरुमा रामप्रसाद थपलिया,सुरेश आचार्य,दिनेश भट्टराई,प्रमिला बर्जाचार्य,देवकुमारी गुरागाई,गणेश पाण्डे,मधुसूदन बुर्लाकोटी र यामकुमारी खतिवडा रहेका छन् ।

Advertisement 1

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रविधितर्फका सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा लगिएको छ भने त्यहाँका सचिव प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा तानिएको छ ।यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव देवकुमारी गुरागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या हेर्नेगरी तानिएको छ । यस अघि महिला बालबालिका मन्त्रालयबाट तानेर प्रधानमन्त्री कार्यालयमा लगिएको र स्वास्थ्य मन्त्रालय हेर्नेगरी राखिएको यामकुमारी खतिवडाको काज फिर्ता गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दिनेश भट्टराईको स्थानमा वाणिज्इ हेर्नेगरी खटाइएको छ । यस्तै पाण्डेको स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिव रामप्रसाद थपलियालाई पठाइएको छ ।

Advertisement 2

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।वाणिज्य मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेर अतिरिक्तमा थन्काइएको छ ।

प्रकाशित :२०७८ माघ २७, बिहीबार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry