६ लाख भ्रष्टाचार मुद्धामा शाखा अधिकृत,लेखापाललाई सफाई

६ लाख भ्रष्टाचार मुद्धामा प्रमुख प्रशासकीय अधिकृतसहित लेखापालले सफाई पाएका छन् ।अख्तियारले दायर गरेका कतिपय भ्रष्टाचार मुद्धा बर्षाै बर्षसम्म लड्काइरहेको विशेष अदालतले यो मुद्धामा तीन महिनामै उनीहरुलाई सफाई दिएको हो ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौंमा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी,तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो । आयोगले विशेष अदालतमा दायर गरेको मुद्धामा दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने ६ लाख भुक्तानी दिएको अभियोग थियो ।

सोही मुद्धामा शाखा अधिकृत,लेखापालसहित तत्कालीन वडा अध्यक्षले बिशेष अदालतबाट सफाई पाएका हुन् । बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले सफाइको फैसला गरेको हो ।

प्रकाशित :२०८० मंसिर २७, बुधबार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry