कर्मचारी नियुक्ति गर्दा यतिसम्म गडबडी…..
कुनै पनि सरकारी निकायमा कर्मचारी नियुक्ति गर्दा उस्को योग्यता हेरिन्छ तर राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा कर्मचारी नियुक्ति गर्दा गडबडी गरेको भेटिए पछि अख्तियारले तत्कालीन हाकिमसहित चार जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कृषि प्राविधिक र लेखापाल पदमा कर्मचारी नियुक्त गर्दा शैक्षिक योग्यता नमिल्ने कर्मचारी नियुक्त गरेको पाइएपछि तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
शैक्षिक योग्यता हेर्ने परीक्षण गर्न सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिको दरखास्त फारम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । कर्मचारी पदपूर्ति गर्ने क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियतपूर्ण ढंगले न्यून एवम् अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई अयोग्य आवेदकको दरखास्त प्रमाणित गरी गलत प्रतिवेदन स्वीकृत गरेको आरोपमा अख्तियारले अभियोगपत्र दर्ता गरेको हो ।गौतमसहित तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओली पनि भ्रष्टाचार मुद्दामा तानिएका छन् ।
Advertisement 1
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७२ असोज २ गते कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो ।