कर्मचारीलाई मोवाइल बोक्न निषेध
त्रिभुवन विमानस्थलका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन निषेध गरिएको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार,अध्यागमन सेवा प्रादन गर्ने क्रममा डेष्क डुयुटी आवरको बेला मोवाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन दिइएको हो ।
अध्यागमन कार्यालयले आज एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको हो ।
Advertisement 1
मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराएर फोन गर्न पाइने छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्न विभागले निर्देशन दिएको छ ।