सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै कालिका गाउँपालिका
नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार रसुवा जिल्लाको कालिका गाँउपालिकाले विभिन्न पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ ।
Advertisement 1
हिजो बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदाका दिन समेत सार्वजनिक सेवा प्रवाह गर्ने भएको हो ।
गाउँ कार्यपालिकाको निर्णयानुसार ०८० वैशाख १ गते देखि चैत्र मसान्तसम्म सार्वजनिक विदाका दिनहरुमा सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्ने विशेष व्यवस्था गरेकोले उक्त दिनहरुमा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु र पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट नियमित सेवा प्रवाह गर्ने लागिएको पालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताए ।
Advertisement 2
सर्वसाधारणलाई अत्यावस्यक सेवा प्रदान गर्न सार्वजनिक बिदामा समेत कार्यालयले सेवा दिन लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर के सी कुवरले जनाएका छन् ।
जसअनुसार १५ जेठको गणतन्त्र दिवस,१४ भाद्रको रक्षा बन्धन,२० भाद्रको कृष्णजन्माष्टमी,२८ असोज घटस्थापना,९ पुस क्रिसमस डे,१० पुस उधौली पर्व,१५ पुस तमु ल्होसार,२७ पुस पृथ्वी जयन्ती,माघ १ मा माघी पर्व,२७ माघ सोनाम ल्होसार,१ फागुन जनयुद्ध दिवस,फागुन ७ राष्ट्रिय प्रजातन्त्र दिवस,२५ फागुन महाशिवरात्री र २८ फागुनको ग्याल्पो ल्होसार पर्वमा हुने बिदामा सेवा प्रदान गरिने पालिका अध्यक्ष देवकोटाले जनाएका छन् ।