अदालतमै नासु प्रेमिकालाई अधिवक्ताद्धारा हातपात,न्याय खोज्दै प्रहरी परिसर पुगिन तमाङ

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि एकजना कानुन व्यवसायीले कार्यकक्षमै आक्रमण गरेका छन् ।
Advertisement 1
हिजो दिँउसो कार्यकक्षमा काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले उनीमाथि हमला गरेका हुन् । नियमविपरीत कार्य गर्नका लागि अनुचित दबाब दिँदै उनले नासु तामाङलाई हातपात गरी गम्भीर घाइते बनाएका हुन । तारेख लिन पुगेका अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरको फाँटमा हातपात गरेका हुन । कानुन व्यवसायी अधिवक्ता लामिछानेले साँझ ४ बजेर ३० मिनेट जाँदा तारेख लिन पुगेका थिए ।पुनमाया मर्हजनविरुद्ध बद्री देशार भएको दुषित लिखत बदरसम्बन्धी मुद्दामा तारेख लिन पुगेका अधिवक्ता लामिछानेले फाइल खोज्दै गरेकी कर्मचारीमाथि हातपात गरेका हुन ।
उनले मिसिल तानी आफै कागजातहरु पल्टाई हेर्न थालेका थिए । नासु तमाङले मिसिल नहेर्नुस, कागजातहरु हराउछ, अहिले भिडभाड छ तपाइलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला भनेपछि उनले धेरै जान्ने हुन्छेस, तँ को होस ? तलाई देखाउँछु भन्दै तथानाम अपशब्द बोली मुख छाड़ी गालीगलौज गरी हातपात समेत गरेको प्रहरी परिसर जावालाखेलमा दायर गरिएको जाहेरीमा उल्लेख गरिएको छ ।
Advertisement 2
अधिवक्ता लामिछानले गालीगलौज गर्दै हातपात गरेको प्रेमिकाको भनाई छ । घटनापछि उनले जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी पनि दिएकी छन्।
Advertisement 3
लामिछानेको आक्रमणबाट उनको ओठमा समेत घाउ भएको छ भने सर्ट च्यातिएको छ । नासु तमाङले अधिवक्ता लामिछानेलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को उपदफा (१) बमोजिमको कसूर अपराध गरेको हुँदा दफा ११८ को उपदफा (२) बमोजिम सजाय गर्न ललितपुर प्रहरी परिसर समक्ष माग गरेकी छिन् ।