नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० : केन्द्रीय तथ्यांक विभाग

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना(२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

Advertisement 1

त्यस्तै २०६८ को जनगणनामा पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ थियो । अहिले पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ पुगेको विभागले जनाएको छ । नेपालमा पुरुषको जनसंख्या १० वर्षमा झण्डै साढे १४ लाखले बढेको छ । मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम जनसंख्या हुने गाउँपालिका भएको छ । नेपालको जनगणना २०७८ अनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ मात्र रहेको छ ।

त्यस्तै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ । बैजनाथपुरमा ७० हजार ३ सय १५ रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिकाहरूमा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन् । त्यस्तै रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका हुन् ।

प्रकाशित :२०७८ माघ १२, बुधबार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry