नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टलमा २० प्रतिशतसम्म छुट

काठमाडौं। नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
Advertisement 1
श्रावण १८ गते भएको सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीले काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा त्यसअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट उपचार गराउँदा विभिन्न सेवामा छुट पाउने भएका छन्।
सम्झौताबमोजिम विरामी दर्ता तथा चेकअप शुल्कमा शतप्रतिशतसम्म तथा अस्पतालले उपलब्ध गराउने विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
Advertisement 2
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले हस्ताक्षर गरेका छन्।
नेपाल बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक र कर्मचारीले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
Advertisement 3








