परराष्ट्रमा बढुवा र जिम्मेवारी हेरफेर

परराष्ट्र मन्त्रालयमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर भएको छ । कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर ओलीले पाएको जिम्मेवारीलाई थपघट गरिएको छ । उनले कन्सुलर सेवा विभाग र क्षेत्रीय संगठन विभाग (आरओडी) प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Advertisement 1

अहिले भने आरओडीको मात्रै जिम्मेवारी लिएका छन् । सो विभागले सार्क र बिमस्टेक मामिला हेर्छ । कन्सुलरमा भने हालै बढुवा भएका प्रकाशमणि पौडेलले जिम्मेवारी लिएका छन् । उपसचिवहरू रीता धिताल र दिलिप पौडेलको पनि यसै साता बस्ने क्याबिनेट बैठकले बढुवा गर्ने सम्भावना रहेको छ ।

प्रकाशित :२०७९ माघ २५, बुधबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry