कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाइ, नेतृत्व भूमिकाको आयोगद्वारा उच्च मूल्यांकन

काठमाडौं। निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाइ गर्दै आयोगको नेतृत्व, संस्थागत सुदृढीकरण तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन उनले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरेको छ।

Advertisement 1

आयोगमा आयोजित बिदाइ कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले चुनौतीपूर्ण परिस्थितिमा पनि आयोगलाई प्रभावकारी नेतृत्व प्रदान गर्दै संस्थाको गरिमा र विश्वसनीयता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

भट्टराईले भण्डारीलाई सरल, सहयोगी र कानुनी विषयमा दक्ष नेतृत्वकर्ताका रूपमा स्मरण गर्दै जटिल परिस्थितिमा समेत स्पष्ट मार्गदर्शन गर्न सक्ने व्यक्तित्व रहेको उल्लेख गरे। उनले आयोगका तर्फबाट भण्डारीप्रति आभार तथा कृतज्ञता व्यक्त गरे।

Advertisement 2

आयोगका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका रूपमा कार्यसम्पादनका क्रममा भण्डारीले संस्थागत निरन्तरता कायम राख्न, निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथा आयोगप्रतिको सार्वजनिक विश्वास सुदृढ गर्न उल्लेखनीय योगदान दिएका थिए।

बिदाइ कार्यक्रममा आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भण्डारीको सफल कार्यकालको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित :२०८३ असार २३, मंगलवार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry