तीन सहसचिवको सचिवमा बढुवा

सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज अपराह्न चार बजे सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो । यसरी बढुवा भएकाहरुमा किरण शर्मा,रामप्रसाद घिमिरे र डा रोशन पोखरेल छन् । शर्मा र घिमिरे प्रशासन सेवाबाट सचिवमा बढुवा भएका हुन भने स्वास्थ्य सेवाबाट डा रोशन पोखरेल सचिवमा बढुवा भएका हुन् ।

Advertisement 1

लोकसेवा आयोगका अध्यक्ष डा माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले किरण शर्मासहित डा रामप्रसाद घिमिरे,हरिप्रसाद मैनाली । डिल्लीराज शर्माको नाम सिफारिस गरेकोमा
क्याविनेटले पहिलो नम्बरका डा घिमिरेलाई सचिवमा बढुवा गरेको हो । यस्तै जेष्ठताका आधारमा सहसचिव किरणराज शर्मा सचिवमा बढुवा भएका छन् ।
यता प्राविधिकतर्फ डा रोशन पोखरेल सचिवमा बढुवा भएका छन् । सचिव बढुवाका लागि पोखरेलसहित स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो। क्याविनेटले पहिलो नम्बरमा बढुवा सिफारिस भएका डा पोखरेललाई सचिवमा बढुवा गरेको हो । यसअघि स्वास्थ्य सचिव पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि प्राविधिक सचिव पद रिक्त थियो ।झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी भए सरकारले प्रशासन सेवाको सचिवलाई स्वास्थ्य मन्त्रालयमा खटाउँदै आएको थियो । नयाँ सरकारले स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवलाई मन्त्रालयको जिम्मेवारी दिएको छ ।

 

Advertisement 2

 

प्रकाशित :२०७८ श्रावण ४, सोमबार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry