एउटै सरकारी अड्डा,दुई जना उही दर्जाका हाकिम !
साधरणतया एउटा सरकारी कार्यालयमा एक जना मात्र हाकिम हुन्छन् । तर ववरमहलस्थित औषधि व्यवस्था विभागमा उही तहका दुई जना हाकिमले आइतबार हाजिर धस्काएका छन् । यसरी हाजिर लगाउने एघारौं तहका कर्मचारीहरु हुन नारायण ढकाल र भरत भट्टराई ।
औषधि व्यवस्था विभागमा आइतबार दुई जनाले महानिर्देशकको रुपमा हाजिर गरेका छन् । त्यसरी महानिर्देशकको रुपमा हाजिर गर्ने नारायणप्रसाद ढकाल र भरत भट्टराई हुन् ।
Advertisement 1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ पुसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएका थिए । विभागका हाकिम रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको थियो । भट्टराई दुई महिना अघि एघारौँ तहमा बढुवा भएका कर्मचारी हुन ।
प्रयोगशालाबाट विभागकमा पठाइएका भट्टराई आज ववरमहलस्थित कार्यालयमा पुग्दा त्यहाँका महानिर्देशक ढकालले कुर्सी छोड्न नमानेपछि समस्या आएको हो । उनले दुई किमी पर रहेको रामशाहपथबाट पठाइएको पत्र ८ दिन बित्दा समेत हात नपरेको सुनाएका छन् । सरुवाको पत्रै हात नपरेका कारण उनले कार्यालय नछोडेको बताएका छन् ।
ढकालले कुर्सी छोड्न नमानेपछि हाजिरी गरेर भट्टराई चाहिँ रामशाहपथतिर लागेका छन् ।