फेरि ब्युताइयो ‘हेलो सरकार’,अब २४ सै घण्टा २५ कर्मचारी निरन्तर खटिने
१२ वर्ष अघि वाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शुरुवात भएको र बीचमा सुस्ताएको हेलो सरकार पुन व्युताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले हेलो सरकारको समुद्घाटन गर्दै अब तीन सिफ्टमा, २४ सै घण्टा सुचारु हुने भएको छ । आज एक समारोहबीच हेलो सरकारको शुभारम्भ गरिएको हो । जहाँ मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।
Advertisement 1
सुस्ताएझैं देखिएको हेलो सरकारलाई प्रविधि, जनशक्ति र सामग्रीले सुसुज्जित गर्दै गुनासो व्यवस्थापनको आधुनिक र उच्चस्तरीय संयन्त्रको रूपमा विकास गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।
समारोहमा प्रधानमन्त्री प्रचण्डले हेलो सरकार कक्ष व्यवस्थित भएको,पुरानो निर्देशिका संशोधन गरिएको बताए । उनले सञ्चारका विभिन्न माध्यमबाट २४ सैं घण्टा आम नागरिकले गुनासो, जिज्ञासा वा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। हेलो सरकार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रत्येक सिफ्टमा उपसचिवहरूको नेतृत्वमा ३ सिफ्ट सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ। पहिलो चरणमा विभिन्न दर्जाका कर्मचारीहरू खटाइएको छ। आवश्यकताअनुसार विश्वविद्यालयहरूसँग सम्झौता गरी इन्टर्नमा आवश्यक मात्रामा विद्यार्थी लिनसक्ने व्यवस्था समेत गरिएको छ। नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ्ग प्रणालीको विकास गरिएको समेत बताएका छन् ।
Advertisement 2
तीन सिफ्टमा हेलो सरकार चलाउनका लागि तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको बताइएको छ । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइवर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ।
हेलो सरकारमा प्राप्त गुनासो रेस्पोन्सका लागि र्यापिड रेस्पोन्स टीमसमेत गठन गरेर कार्यान्वयनमा ल्याइएको छ । टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ। मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।