नक्कली भुटानी शरणाथी प्रकरणमा गृहका बहालवाला यी कर्मचारीसँग गराइयो बयान कागज

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीमा संलग्न ३० अभियुक्तविरुद्ध २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबीसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
यो प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसांसद, बहालवाला सचिवदेखि राजकीय सुविधा लिएका अन्य केही व्यक्तिहरु संग्लग्न भएको भेटिएसँगै अदालतमा हाइप्रोफाइलविरुद्ध मुद्धा चलाइएको छ । यो प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, डा। इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी र रामशरण केसीलाई विपक्षी बनाइएको छ ।
यस्तै यही प्रकरणमा जोडिएर मन्त्रालयका केही सहसचिव, बहालवाला सीडीओ, बहालवाला उपसचिव, पूर्वसीडीओसहित ७६ जनासँग बयान कागज गराएको छ । यही प्रकरणमा जोडिएर प्रहरीले कागज गराएर छोडेका तत्कालीन प्रवक्ता तथा कर्मचारी प्रशासन फाँटका समेत हर्काकर्ता फणिन्द्रमणि पोखरेलले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको अस्वाभाविक चासो देखिएको भन्दै उनले कागज गरेका छन् ।उनले प्रतिवेदन हेरफेरमा आफ्नो कुनै पनि संलग्नता नरहेको तथा पहिचान गरिएका ४२९ समेत अन्य थप नाम समावेश गराउने विषयमा आफूले शुरूदेखि नै विपक्षमा मत राख्दै आएको बयान दिएका छन् । उनी हाल कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत छन् ।यस्तै यही प्रकरणमा प्रहरी अनुसन्धानमा परेका गुल्मीमा कार्यरत सागरमणि पाठक अहिले गृहमा तानिएका छन् ।
Advertisement 1
प्रहरीले यी दुईका अलवा गृह मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा, शरणार्थी मामिला समन्वयसम्बन्धी राष्ट्रिय इकाई सिंहदरबारमा कार्यरत शाखा अधिकृत सन्तोष प्रधान, तत्कालीन उपसचिव गोपालकुमार अधिकारी, गृह मन्त्रालयका बहालवाला उपसचिव कृष्णप्रसाद शर्मासँगसमेत कागज गराएका बुझेका छन् ।यस्तै डिल्लीबजार कारागार कार्यालयमा नायब सुब्बा सोमप्रसाद पोखरेल, नख्खु कारगारमा कार्यरत नायब सुब्बा धनकृष्ण पाण्डे, सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा हाल कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत शारदा चालिसे, गृह मन्त्रालयमा कार्यरत रहेका पूर्व कम्प्युटर अपरेटर राज कुमार शाहीसँग समेत बयान गराएका छन् ।
त्यसै गरी गृह मन्त्रालयका शाखा अधिकृत मोहनदत्त अधिकारी,जिल्ला प्रशासान कार्यालय झापामा कार्यरत शाखा अधिकृत प्रतिक राईसँग पनि कागज गराएका छन् । प्रहरीले ती सबैलाई प्रमाणको रूपमा अभियोगपत्रमा उल्लेख गरेको छ ।