एकै पटक सामान्य प्रशासनका १०३ कर्मचारी कारवाहीमा,हाजिरीमा लाग्यो ‘रातो’

संघीय मामिला तथा सामान्य प्रशासनले एकै पटक १०३ जना कर्मचारीलाई कारवाही गरेको छ । मन्त्रालयले सोमबार गरेको आन्तरिक छड््केमा परेका १०३ कर्मचारीहरु कारवाहीमा परेका हुन ।
सामान्य प्रशासनका कर्मचारीहरु समयमा नआउने र कार्यालयमा समेत नभेटिने गरेको गुनासो बढेपछि मन्त्री अमनलाल मोदीले सचिव कृष्णहरि पुष्करलाई आन्तरिक छड्के गर्ने निर्देशन दिएका थिए । मन्त्रीको अनुसार,सामान्य प्रशासनका सचिव कृष्णहरि पुष्करले सोमबार गरेको आन्तरिक छड्केमा १०३ जना कर्मचारी परेका हुन । जसमा सबैभन्दा बढी नासु र सहायक स्तरका कर्मचारीहरु परेका छन् । यस्तै ३६ जना अधिकृत तहका कर्मचारीहरु छड्केमा पर्दा २३ जना उपसचिव र सहसचिव तहका १ गरी सय ३ कर्मचारी कारबाहीमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Advertisement 1

मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ ।
‘सुशासन कायम गर्ने विषय नै हाम्रो पहिलो प्राथमिकताको विषय हो’ आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरेपछि मन्त्री मोदीले भने, ‘बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउन थालेका छौँ, यो प्रक्रिया जारी रहन्छ ।’

प्रकाशित :२०८० जेष्ठ २९, सोमबार १९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry