जिल्ला प्रशासन,प्रहरी र निर्वाचन आयोग भन्छ रसुवामा पैसा बाडिएको खबर अपुष्ट

कालिका गाउँपालिकामा एमालेले बोकेको पैसा स्थानीयले कब्जा गरेको भन्ने खबरलाई सुरक्षा निकायहरुले पृष्टी गर्न सकेका छैनन । हिजो राती कालिका गाउँपालिका अन्तरगतको ४ नम्बर वडामा पर्ने रुप्सेपानीले एमालेले बाढ्न लागेको सात लाख रकम स्थानीयले जफत गरेको भन्ने खबर अपुष्ट भएको जिल्ला प्रशासन कार्यालय रसुवा,जिल्ला प्रहरी कार्यालय रसुवा र रसुवास्थित निर्वाचन आयोग जनाएको छ ।

Advertisement 1

हिजो राती कालिका गाउँपालिकामा एमालेले पैसा बाढ्न लागेको भन्दै केही काँग्रेस समर्थितहरुले प्रशासनलाई खबर गरेका थिए । त्यसलगतै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले घटनास्थलमा प्रहरी परिचालन गर्न निर्देशन दिएको सुनाए ।
त्यसलगतै प्रहरीले घटनास्थल भएको भनिएको स्थान रुप्सेपानीमा प्रहरी परिचालन गरेको र प्रहरी पुग्दा घटनास्थलमा त्यस किसिमको कुनै गतिविधि नभेटिएको रसुवाका डिएसपी कुलदीप चन्दले सुनाए ।
उनले भने घटनास्थलमा पुग्दा त्यहाँ कोही थिएनन् । खबर गर्नेहरुसँग सम्पर्क गर्दा उल्टै तपाईहरु ढिलो आउनुभयो भन्ने जबाफ हाम्रा गस्तीका टोलीलाई उहाँहरुले फर्काउनुभएछ । उनीहरुले हामीले रकम जफत गरेको छौं भनेका थिए तर प्रहरीले तपाईहरुकै गोजीको रकम हो कि निर्वाचन प्रभावित गर्नका लागि बाँडिएको रकम जफत गर्नुभएको प्रमाणीत गर्ने आधार के छ ? भनेर प्रश्न गरेका थियौं ।

मौन अवधिमा आचारसंहिता उल्लघन गर्दै रकम बाँडिएको भन्ने बिषयमा निर्वाचन आयोगमा कुनै उजुरी नपरेको रसुवा निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त श्रीराम थापाले आचारसंहिता उल्लघनसम्बन्धी कुनै उजुरी परेको बिषयमा आफूलाई ज्ञात नभएको बताए ।

Advertisement 2

स्थानीय बासीले जफत गरिएको भनिएको रकम मिलन विक भएको जनाइएको छ । विक, विक टोल सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन । उनले त्यो भवन निर्माणका
निर्माण सामाग्री र निर्माण कार्यमा संग्लग्न मजदुरलाई ज्याला भुक्तानी दिनका लागि भनेर बोकेको रकम थियो एक लाख । उनी चढेको गाडी जर्वजस्त रोकेर सोही रकम बरामत गरिएको र उल्टै अफवाह फैलाइएको भन्दै विकले आक्रोश पोखेका छन् ।
विकले प्रहरीमा उजुरी समेत दर्ज गरेका छन् ।

Advertisement 3

 

प्रकाशित :२०७९ बैशाख २९, बिहीबार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry