कासमुमा कमजोर तमाङ लगातार ७ जिल्लाको सिडिओः श्रीमतीलाई सस्तोमा माछा नदिएको भन्दै पसल ‘सील’

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ विवादमा तानिएका छन् । उनले शक्तिको दुरुपयोग गर्दै जिल्लाका मत्स्य व्यवसायीमाथि दादागिरी देखाएका छन् ।

Advertisement 1

माछा किन्न सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी गाडी लिएर गइन् व्यवसायी लुलाराज तामाङकोमा ।तामाङले सीडीओ पत्नीलाई ३ सय ८० रुपैयाँमा पर्ने माछा ३ सय रुपैयाँको दरले ५ केजी बेचे।

उनले विगतमा आफूले एक साता अघि जलकपुर माछापोखरीबाट २५० रुपैयाँमा किनेको भन्दै मूल्य घटाउन दवाव दिइनन् । तर तामाङले मानेनन् । त्यसपछि उनी १५ सय ९० रुपैयाँमा ५ किलो ३ सय ग्राम माछा माछा लिएर हिँडिन् ।

Advertisement 2

६० रुपैयाँ महंगोमा माछा किन्नु परेको श्रीमतीको गुनासो सुनेपछि सीडीओ आक्रोशित बनेका थिए । त्यसपछि हिजै बेलुका उनले प्रहरी परिचालन गरेर चितवन फिस हाउसको डिप फ्रिजमा ताला लगाइदिए ।

आस्मान यस्ता भाग्यमानी कर्मचारी हुन्,जो यो समेत गरी सात वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनिसकेका छन् ।
गृहमन्त्रालयका सहसचिव अस्मान तामाङ्ग त्यस्ता भाग्यमानी ब्यक्ति हुन जो कर्मचारीको भाषामा मालामाल हुने जिल्लाको कमाण्डर बनेका छन् । गृहमन्त्रालयले जारी गरेको सरुवा तथा मापदण्ड ब्यवस्थापन २०७१ मा प्रमुख जिल्ला अधिकारी सरुवा सम्वन्धि मापदण्डमा सामान्यतया लगातार ३ जिल्लामा प्रजिअको जिम्मेवारी बहन गरि सकेकाहरुलाई मन्त्रालय माताहत विभाग र क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । त्यसोत गृहको मापदण्डमा गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, कारागार ब्यवस्थापन विभाग, प्रहरी कितावखाना, अध्यागमन विभागमा कार्यरत कर्मचारीहरुलाई प्रजिअको जिम्मेवारी दिँदा पहिलो प्राथमिकता दिने पनि उल्लेख गरिएको छ । यी मापदण्ड बिपरित सहसचिव अस्मान लगातार सात जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाईएका छन् ।

Advertisement 3

सुरुमा शिक्षा सेवाको सहसचिव बाट गृह सरुवा भई २०७३ फागुनमा तेह्रथुमको प्रजिअ बनेका आश्मान त्यसपछि सिन्धुपाल्चोक पुगे । सिन्धुपाल्चोकबाट उनको सरुवा मकवानपुर भयो । यी जिल्ला कर्मचारीको नजरमा मालामाल हुने जिल्लाको रुपमा परिचित छ । मकवानपुर बाट उनी धादिङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाईए । सिन्धुपाल्चोक,मकावनपुर र धादिङ्ग राजधानी काठमाडौंको हिसावले सवैभन्दा आकर्षक जिल्ला हो । धादिङ्गको प्रमुख जिल्ला अधिकारी भएसँगै आस्मानलाई पर्साको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइयो । पर्सा जिल्ला प्रशासन कार्यालय जान कर्मचारीबीच निकै जोडवल लाग्ने गरेको छ । त्यहाँबाट उनलाई ०७७ साल चैत्र २४ मा रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएकोमा त्यहाँबाट चितवनमा पठाइएको छ ।

उनी तेह्रथुम,सिन्धुपाल्चोक,मकवानपुर,धादिङ,पर्सा,रुपन्देही हुँदै चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाएका छन् । तर गृहले यसरी खटाउँदा आफैले बनाएको मापदण्ड कुल्चिएको भेटिन्छ ।
प्रमुख जिल्ला अधिकारीको सरुवासम्बन्धी मापदण्ड ९राजपत्रांकित द्वितीय र प्रथम० को ठाडो उल्लंघन गर्दै उनीझैं केही पावरफुल कर्मचारीलाई नियमित प्रमुख जिल्ला अधिकारीको जिम्मा दिँदै आएको छ ।
गृहले बनाएको मापदण्डमा लगातार तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेको अधिकृतलाई गृह मन्त्रालय मातहतको विभाग वा क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने व्यवस्था छ । तर,त्यो नीतिको ठाडो उल्लंघन हुँदा पनि गृह प्रशासन मौन देखिन्छ ।
उक्त मापदण्डको बुँदा नम्बर ५ मा लेखिएको छ ‘सामान्यतयाः लगातार ३ जिल्लामा प्रजिअको जिम्मेवारी वहन गरिसकेकाहरूलाई मन्त्रालय मातहत विभाग र क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने नीति अवलम्बन गर्ने ।
निजामती कर्मचारीले एक पटक सुगम स्थानमा बसेपछि अर्को पटक दुर्गम स्थानमा सेवा गर्नुपर्ने सामान्य नियम हो । तर, गृहमन्त्रालयमा यस्ता नियमहरु लागू हुँदैनन् ।

प्रकाशित :२०७८ पुष २१, बुधबार १२:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry