राखेपको कार्यकारी सदस्य सचिवमा पोखरेल

सरकारले राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी सदस्य सचिवको रुपमा कमल प्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ । ओली सरकारले नियुक्त गरेका रमेश प्रसाद सिलवाललाई हटाएर वर्तमान सरकारले सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेसँगै सो कदमका विरुद्ध सिलवाल अदालत पुगेका थिए ।

Advertisement 1

सर्वोच्च अदालतमा निर्णय प्रक्रियामा रहेको सदस्यसचिवको विवाद नटुङ्गिदासम्म राखेपको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा कमल प्रसाद पोखरेललाई दिइएको हो । अस्ति सोमबारको क्याविनेट बैंठकले राखेपको प्रशासनिक तथा आर्थिक अधिकार सहितको जिम्मेवारी मन्त्रालयका सह–सचिव पोखरेललाई दिएको हो ।

राष्ट्रिय खेलकुद परिषदको इतिहासमै पहिलोपटक सदस्य सचिवको अधिकार अन्य कर्मचारीलाई प्रत्यायोजन गरिएको हो। क्याविनेटले बैठकले राखेपको सदस्य सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्को अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय अनुसार सदस्य सचिवको अनुपस्थितिमा पोखरेललाई प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२०७८ माघ २७, बिहीबार १३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry