ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को निर्णय :- तीन सचिवको बढुवा र पदस्थापन
Advertisement 1
सर्वाेच्चको परमादेशसँगै अस्ति सोमबारको बैठक नै केपी शर्मा ओली सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक बन्न पुगेको छ । सो बैठकले केही सचिवको बढुवा र पदस्थापन गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फ बढुवा भएका दुई सचिव र प्राविधिक तर्फ बढुवा भएका एक सचिवलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रशासन तर्फ यस अघि बढुवा भएका कृष्णहरी पुष्कर र सोमबार बढुवा भएका खगेन्द्रप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त तर्फ पदस्पथापन भएको छ भने प्राविधिक तर्फ सोमबार नै बढुवा भएका राजेन्द्रप्रसाद खनालको नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको छ ।
Advertisement 2
प्रशासन तर्फ बढुवा भएका सचिवको प्रदेश प्रमुख सचिवमाा पदस्थापन हुने भए पनि प्रदेश प्रमुख सचिव सरुवा नगरिएकाले बढुवा भएका दुई सचिवको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवमा पदस्थापन गरिएको हो । प्रदेश प्रमुख सचिवको सरुवा हुने वित्तिकै उनिहरु दुवै जनालाई प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा पठाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्राविधिक तर्फ भने नेपाल ट्रष्टको कार्यालयमा सचिव भने केहि दिन अघि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा सरुवा भएसँगै ट्रष्टको कार्यालयमा सचिव पद रिक्त रहेको थियो । रिक्त सचिवमा खनाललाई पदस्थापन गरिएको हो ।