प्रमुख प्रशासकीय अधिकृत तासको खालबाट समातिए

जुवाको खालबाट विभिन्न व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको हो।

Advertisement 1

उनीहरुलाई सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ । दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ ।

प्रकाशित :२०७८ पुष १८, आईतवार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry