सशस्त्र प्रहरी कपिलवस्तुद्वारा राज्यकोषमा पौने ३ करोड बढीको योगदान
सशस्त्र प्रहरी बल कपिलवस्तुले गएको एक वर्षमा पौने ३ करोड रुपैयाँ बराबरको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । सशस्त्र प्रहरी बल २८ नम्बर हेडक्वार्टर कपिलवस्तुले गत आर्थिक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक गरेको हो।
Advertisement 1
सशस्त्रले सबैभन्दा बढी चोरी बरामदी, सवारी साधन, वन पैदारी, मासु, पशुचौपाय, युरीया मल, मदिरा, सुर्तिजन्य पदार्थ, पटका, सुन चाँदीहरु बरामद गरेको सशस्त्र प्रहरी बल २८ नम्बर गणले जानकारी दिएको छ । जसअनुसार गत आर्थिक वर्षमा ९५ लाख ५८ हजार ४ सय रुपैयाँको चोरी बरामदी, ६८ लाख ११ हजार ९ सय ७० रुपैयाँ बराबरको सवारी साधन, ४८ लाख २० हजार ७ सय १५ रुपैयाँ बराबरको वन पैदावर पक्रेको जनाइएको छ ।
५ लाख २६ हजार ८ सय ४५ रुपैयाँ बराबरको मासु, ३६ लाख ५ हजार रुपैयाँ बराबरको पशुचौपाय, २ लाख ५६ हजार ६ सय रुपैयाँ बराबरको युरीय मल, ७ हजार ५ सय रुपैयाँ बराबरको मदिरा, ९२ हजार ४ सय ६९ बराबरको सुर्तिजन्य पदार्थ, २० हजार ४ सय बराबरको पटका र ५ लाख ४६ हजार ४ सय ७२ रुपैयाँ बराबरको सुन चाँदी बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको उल्लेख छ ।
Advertisement 2
यस आर्थिक वर्षमा सीमा तस्करीलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जीवन केसीले त्यस्ता गतिविधीलाई कडाइ गर्दै अवैध सामग्री बरामद गर्दै कपिलवस्तुले २ करोड ६२ लाख ७७ हजार २७१ रुपैयाँँ राजस्व संकलन गर्न सफल बनेको छ। अहिलेको बर्तमान समयमा कपिलवस्तुमा हालका एसपी केसीले नेपाल भारत खुल्ला सीमाका कारण हुने साना ठुला तस्करीमा निगरानी बढाएपछि तस्करको भागाभाग भएको छ । सम्भावित तस्करीलाई मध्यनजर गर्दै एसपी केसीले मातहतको विओपि तथा चेक पोष्टलाई तस्करी नियन्त्रणमा कडा निर्देशन दिएका छन् ।
एसपी केसीले छिमेकी देश भारतका सुरक्षा निकायसंग पनि यस बारेमा समन्वय गर्दै दुवै तर्फका सुरक्षा निकायलाई संयुक्त गस्ती गर्न समेत पहल गर्दै आएका छन्। कपिलवस्तु क्षेत्रको झण्डै ९३ किलो मिटर लामो सीमा क्षेत्रमा एसपी केसीको नेतृत्वले गरेको सीमा सुरक्षा र तिव्र अनुगमनले सीमा क्षेत्रबाट उठ्ने राजश्वमा समेत बृद्धी हुन थालेको त्यहाँ स्थीत भन्सार कार्यालय बताउँछ ।
Advertisement 3
एसपी केसीले त्यस क्षेत्रको कमाण्ड सम्हालेको करिब ६ महिनाको अवधिमा गरिएको कडाईमा अवैध सामाग्री लगायत तस्करहरुले प्रयोग गर्ने मोटरसाइकल, साइकल, स्कुटर लगायत सवारीसाधन बरामदलाई समेत तिब्रता दिएपछि आजभोलि तस्करहरु पलायन झै भएका छन् ।
एसपी केसीका अनुसार ‘सीमावर्ती नाकामा शुरू देखि नै कडाइ र चेकजाँच गरेका कारण चाेरी तस्करीमा कमी आएको हो । उनका अनुसार चाेरी तस्करीमा कडाइ गरेको कारण नै भन्सारमा राजश्व उल्लेख्य वृद्धि भएको छ ।’