आजदेखि उपत्यकाका सिडियो कार्यलय बन्द,कोरोना न्युनिकरणका उपाय खोज्न सिडिओहरु जुट्दै

राजधानीका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम आजदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। हिजो काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुली,ललितपुरका प्रमुख जिल्ला अधिकारी द्रोण निरौला र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई बैठक बसी यस्तो निर्णय गरेका हुन् । उनीहरुले कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जनाएका छन् । यद्यपि अत्यावश्यक काम शान्ति सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो।

Advertisement 1

नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम एक साताका लागि स्थगित हुनेछ । यस्तै हिजोको बैठकले अन्य अन्य कार्यालयहरुलाई समेत आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्देशन दिइएको छ ।
यता कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न आज फेरि उपत्यकाका सिडिओको बस्दै छ । कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।

 

प्रकाशित :२०७८ बैशाख १३, सोमबार ०७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry