देशकैं एक अनुकरणीय सामुदायिक अस्पताल

अञ्जनकुमार 

Advertisement 1

जीवनको सार धर्ममा, धर्मको सार सेवा र सद्भावनामा यही भनाइलाई आत्मसाथ गर्दै मानव विकास तथा सामुदायिक सेवा  HDCS  द्वारा संचालित लमजुङ सामुदायिक अस्पतालको डाहा गर्नेहरूको कमी के छ र यहाँ ? केही नीजि अस्पताल सञ्चालकहरु यो अस्पताललाई कसरी हुन्छ बद्नाम गर्न कम्मर कसेर लागेपनि झिंगाले डिंगा मार्दैन भनेझै अस्पतालको सेवा प्रवाहले सेवाग्राहिको चापमा कमी आएन ।

केही राजनीतिक दलका नेता कार्यकर्तादेखि अराजक मनोवृत्ति बोकेका केही, कसैको उक्साहटमा अस्पताललाई अवाञ्छित लान्छना लगाएर बद्नामको टीका लगाउन कम्मर कसेपनि सत्यमेय जयते उद्देश्य तिनका सफल हुन सकेन । डाक्टर तीर्थ थापा गर्डफादर नै हुन् यो अस्पतालका । सरकारको मात्रै पूर्ण स्वामित्वमा रहेको बेला अस्पतालका राम्रा सरसमान ओसार्ने त्यहीका कर्मचारी हुन्थे । लामाहात, छलछाम मात्रै हैन आफ्नो दुनो सोझ्याउने, अस्पताललाई भने टाट पल्टाउन चाहने कर्मचारीबाट जोगाउन HDCS  दैव भएर निस्कियो । जसको संस्थापक थिए तीर्थ थापा ।

Advertisement 2

तीर्थ थापा लमजुंगे नै भएका कारण पनि अस्पताल प्रति चिन्ता र चासो बढ्यो जसका कारण आज अस्पताल हैसियत अनुसारको सेवा दिन उद्दत छ । अस्पतालले आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि मंसिरसम्म २ हजार ६ सय ८४ बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको छ । पूर्ण व्यवसायिक भन्दापनि सेवा मुलक ढंगले संचालित यो अस्पतालमा आर्थिक अवस्था कमजोर भएका, बिचल्लीमा परेका बिरामीले ६३ लाख ८५ हजार ४ सय ४६ रुपियाँ बराबरको सेवा प्राप्त गरेका छन् । २६ लाख ६४ हजार २  सय ७७ रुपियाँको निःशुल्क औषधि वितरण गरिएको छ ।

No description available.

Advertisement 3

अस्पतालका निर्देशक श्रेष्ठका अनुसार १ हजार ९७ जना महिला र ६ सय ३७ पुरुषले अस्पतालबाट निशुल्क सेवा लिएका छन् । चालु आबको पहिलो चौमासिकमा निःशुल्क सेवा दिएका मध्ये पाँचवर्ष मुनिका बालबालिकाको संख्या ९ सय ५० रहेको छ । बालबालिकाको उपचारमा ३० लाख ६१ हजार १५० रुपियाँको खर्च भएको छ । त्यस्तै अति विपन्न, अपेक्षित, जेष्ठ नगारिक, सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका, अपाङ्गता भएका नागरिक लगायतलाई निःशुल्क सेवा प्रदान गरिएको छ । २४ सै घण्टा आकस्मिक सेवा प्रदायक यस अस्पतालमा, शरण लिम्बू हाडजोर्नी विशेषज्ञ सहित तीनजना विशेषज्ञ डाक्टरहरु सहित आधादर्जन एमबिबिएस डाक्टर मार्फत नियमित शल्यक्रिया, चेकजाँचका साथै पत्थरीको सफल शल्यक्रिया सम्पन्न गर्दै आएको अस्पताल माथि धार्मिक आक्रमण गरी बदनाम गर्न नखोजेको पनि कहाँ हो र । अहिले अस्पतालमा फिजियोथेरापी सेवा समेत सञ्चालनमा ल्याएको छ ।

कोभिडका बखत आइसोलेसनमा भएका ६५ संक्रमितलाई सफल व्यवस्थापन तथा उपचार गरेको छ । अस्पतालले एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी विभिन्न हिंसामा परेका महिलाको उद्दार तथा उपचार कार्य गर्दै आएको छ ।यसका अलावा, निशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वस्थ्य कार्यक्रमको पनि निरन्तरतादिन अस्पताल प्रशासन लागिपरेको छ । लक्षित समूह जेष्ठ नागरिक, अपाङ्गता, महिला, स्वास्थ्य स्वयंसेविका, द्वण्द्वपीडितले नियमित रूपमा निःशुल्क उपचार पाउँदै आएकाछन् ।

६० शैयाको अस्पतालमा पृथ्बीसुब्बा गुरुङ मुख्यमन्त्री भएका बखत २५ शैयाको आइसोलेसन भवन निर्माण कार्य भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट गरिएको मुल्यांकनमा अस्पतालले उच्च अंक प्राप्त गर्न सफल भएको छ। विगतमा ४८, ५८ अंक प्राप्त गरेको अस्पतालले यसपटक भने आफ्नो कार्यसम्पादनलाई ह्वात्तै बढाएर ७२ अंक पुर्याउन सफल भएको छ ।

इच्छाशक्ति, निरन्तरता र इमान्दारिता साथ काम गर्यो भने हुन नसक्ने के रैछ र । कुनै समय शौचको लागि समेत नाक थुन्न पर्ने यहीँ अस्पताल अहिले वातावरणीय सरसफाईको कारणले पनि प्रतिष्ठा बढाउन सफल भएको छ ।

 

प्रकाशित :२०७८ पुष १२, सोमबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry