कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव मन्त्रिपरिषदमा जाँदै

kulman ghising

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङको चार बर्षे कार्याकाल यही २९ भदौंमा सकिँदैछ । उर्जामन्त्रालयले भने उनको कार्यकाल सकिनु अघि नै अरु चार बर्षका लागि उनको कार्यकाल थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिँदैछ । भोली बस्ने मन्त्रिपरिषद बैठकमा कुलमानको कार्यकाल ४ बर्ष थप्ने प्रस्ताव पेश हुँदैछ । ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव भोली बस्ने मन्त्रिपरिषदमा पेश गर्न लागेका हुन्।
आज बस्ने भनिएको मन्त्रिपरिषदबैठक शुक्रबारका लागि सारिएको छ। मन्त्री पुनको सचिवालयका एक सदस्यका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव शुक्रबार मन्त्रिपरिषदमा लैजाने तयारी भइसकेको छ।

Advertisement 1

सरकारले प्राधिकरणमा नयाँ नियुक्ति गर्न अहिलेसम्म विज्ञापन गरेको छैन। यस्तोमा कुलमानको म्याद थप हुने लगभग निश्चित रहेको स्रोतले बतायो।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो। त्यस्तै, कुलमानले चार वर्षमा उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी ल्याएका छन्। घाटामा रहेको विद्युत प्राधिकरण हाल नाफामा छ।

प्रकाशित :२०७७ भाद्र २५, बिहीबार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry