किरात राई कर्मचारी मन्चको अध्यक्षमा खिलराज राई,यस्तो बन्यो नयाँ कार्य समिति

पछिल्लो समय दल निकट र राजनीतिक रुपमा मात्र होइन जातीय आस्थाका आधारमा समेत कर्मचारीहरु पनि संगठीत हुन थालेका छन् । विभिन्न राजनीतिक दलसँग सम्बन्धित रहेर भातृ संगठनकै रुपमा कर्मचारी संगठित हुने क्रम तिव्र भएझैं पछिल्लो समय जातीय उत्पीडनमा परेका कर्मचारीहरु समेत एकीकृत र संगठित हुने क्रम बढेको छ । आधा दशक अघि देखि नै किरात राई कर्मचारीहरु एकीकृत हुँदै आएका थिए ।

Advertisement 1

यस्तै मञ्च वा फोरममध्ये एक हो किरात राई कर्मचारी मञ्च । जसको अध्यक्षको रुपमा पुन दोहोरिएका छन्,उपसचिव खिलराज राई । एक कार्याकाल मञ्चको नेतृत्व गरिसकेका राईलाई पसन दोश्रो कार्याकालका लागि सर्वसहमत नेतृत्व गर्ने जिम्मेवारी दिएका छन्,किरात राई कर्मचारीहरुले । किरात राई मन्चको ५ औं केन्द्रीय महाधिवेशनबाट उपसचिवलाई सर्वसहमत अध्यक्षमा दोहोर्याइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह कर्मचारी प्रशासन हेर्दै आएका राई नै मञ्चको अध्यक्षको रुपमा दोहोरिएका हुन ।

मन्चको मञ्चको उपाध्यक्षमा दुई जना उपसचिव तहका कर्मचारीलाई जिम्मेवारी दिइएको छ । उपसचिवद्वय अनिल राई र कोपिला राई चयन भएका छन्। महासचिवमा अधिकृत अबिलाल राई तथा सचिवमा उपसचिव योग्य प्रसाद राई र जंग बहादुर राईलाई चयन गरिएको मञ्चले जनाएको छ ।

Advertisement 2

त्यस्तै, कोषाध्यक्षमा ध्यानविर राई, सह कोषाध्यक्षमा विश्वनाथ राई तथा सह कोषाध्यक्षमा चन्द्रशेर राई सर्वसम्मत चयन भएका छन् ।

मन्चको केन्द्रीय सदस्यमा विकास राई, रन्जना राई, सदन राई, हिराधन राई, सन्जिब राई, बलराम राई, खोमबहादुर राई, शान्तराज राई, रेखा राई, नानुकला राई, नवीन राई, संगम राई, अन्जना राई, र विनोद राई, तारादेवी राई, उषा कुमारी राई, धनमाया राई, मैयाँ राई, जितबहादुर राई, खम्बराज राई, पुजा राई र शकुन्तला राई चयन भएका हुन । नयाँ नेतृवको तीन बर्षे कार्यकाल रहनेछ।

प्रकाशित :२०८० श्रावण २९, सोमबार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry