स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा संगिता मिश्रा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगीता मिश्रले पाएकी छिन् । यस अघि परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पतालको निर्देशक रहेकी उनलाई केही मंसिर दोश्रो साता मन्त्रालयमा तानिएको थियो ।
Advertisement 1
प्रवक्ताको जिम्मेवारी पाउनु अघि मिश्रालाई मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी दिइएको थियो ।समन्वय माहशाखा प्रमुखले नै प्रवक्ताको जिम्मेवारी पाउने चलन छ ।
उनले आजैबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छिन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी डा मिश्रालाई दिने निर्णय गरेका हुन् ।
Advertisement 2
यस अघि मन्त्रालयमा प्रवक्ताको रुपमा डा कृष्ण पौडेल रहेका थिए ।
प्रकाशित :२०७८ पुष १, बिहीबार ११:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%