स्वास्थ्यमन्त्री विरोध खतिवडालाई छैटौँ नम्बरको वरीयता,यस्तो छ उनको विगत

मकवानपुरबाट चार पटकसम्म प्रत्यक्ष निर्वाचन जितेर पनि अवसरबाट बञ्चित पारिदै आएका राजनीतिज्ञ हुन विरोध खतिवडा । ०१७ सालमा जन्मिएर ०३५ सालदेखि राजनीतिमा होमिएका खतिवडाले शेरबहादुर देउवाको क्याविनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् । शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका छन् र एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गरेका विरोध खतिवडाले मन्त्रिपरिषद्मा छैटौँ नम्बरको वरीयता पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवापछि दोस्रो वरीयतामा गृहमन्त्री, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, चौथोमा ऊर्जामन्त्री पम्फा भुसाल र पाँचौँमा संघीय मामिला र सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छन् ।

Advertisement 1

May be an image of 4 people

खतिवडा मकवानपुरबाट ०४८ ,२०५१ ,०५६ र ०७४ सालको चुनाबमा प्रत्यक्ष निर्वाचनबाट विजयी भएका सांसद हुन् । पार्टीभित्र पनि माधव नेपालसँग नजिक भएकाले मन्त्री हुने अवसर पनि पाएका थिएनन् खतिवडाले । विद्यार्थी जीवन देखि नै राजनीतिमा सक्रिय खतिवडाले ०३५ र०३६ सालमा भएको तत्कालिन निरङ्कुश पंचायती शासन बिरुद्द हेटौडामा भएको बिद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए।आन्दोलनको क्रममा २०३७ सालमा हालका प्रधानमन्त्री के पी शर्मा ओली र राधाकृष्ण मैनालीसंगै खतिवडाले ६ महिना सेन्ट्रल जेलमा बिताएका थिए । उनले पटक पटक गरि ५ बर्ष जेल जीवन बिताएका छन्।

Advertisement 2

No photo description available.

संसद् विघटनदेखि एमाले विभाजनसम्म विरोधले ओलीविरुद्ध चर्का अभिव्यक्ति दिए। ओलीकै विरोधले विरोधलाई संसद् र पार्टीमा थप चर्चित बनायो। पार्टी विभाजन भएपछि एकीकृत समाजवादीबाट मन्त्री बन्ने अवसर पाएका हुन्।

Advertisement 3

विकासप्रेमी र हक्की स्वभावका नेता खतिवडाका श्रीमान्–श्रीमती नै राजनीतिमा छन् । विरोध खतिवडा र मुनु सिग्देल दुवै राजनीतिकर्मी हुन् । र, दुवै सांसद पनि हुन् । विरोध प्रतिनिधिसभा र मुनु बाग्मती प्रदेशको सांसद हुन् । उनीहरुको पुत्री शृंखला २०१८ की मिस नेपाल हुन ।

प्रकाशित :२०७८ आश्विन २२, शुक्रबार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry