यी हुन शिक्षा सेवातर्फ सहसचिवको लिखित परीक्षामा पास भएका उम्मेद्धारहरु (नामसहित)

लोकसेवा आयोगले शिक्षा सेवाको सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत कार्तिक ५ र ६ गते लिएको शिक्षा सेवा, शिक्षा प्रशासन उपसमूहतर्फको आन्तरिक प्रतिष्पर्धा र मधेसी कोटाबाट लिएको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको हो ।
आयोगका अनुसार १ जनाका लागि खोलिएको विज्ञापनमा लिखित परीक्षामा सम्मिलित उम्मेद्धार ३९ जना रहेका थिए । तीमध्येबाट अन्तर्वार्ताका लागि तीन जना छनौट भएका छन् । अन्तरवार्तामा छानिएकाहरुमा गणेशप्रसाद भट्टराई,गरिमान थापा,जयराम अधिकारी छन् । अन्तर्वार्ता आगामी मंसिर २७ गते हुने आयोगले जनाएको छ ।

Advertisement 1

No description available.
यस्तै मधेसी कोटाबाट १ जनाका लागि विज्ञापन खालिएकोमा लिखित परीक्षामा सम्मिलित भएका ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि रामचरित्र मेहता,रामबाबु मण्डल र शशिकुमार मण्डल छानिएका छन् ।उनीहरुलाई आगामी मंसिर २८ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।

No description available.

Advertisement 2

 

प्रकाशित :२०७८ मंसिर २४, शुक्रबार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry