एकै पटक ६६३ कर्मचारीहरुको सरुवा (सूचीसहित)

न्याय सेवा आयोगले एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले ६६३ जना कर्मचारीहरुको सरुवा गरेको हो । आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ठूलो संख्यामा अधिकृतहरूको सरुवा गरेको छ ।
Advertisement 1
सरुवामा परेकामा सरकारी वकिलतर्फ राजपत्राकिंत प्रथम श्रेणीका १८,कानुन समूहका राजपत्राकिंत द्धितीय श्रेणीका १०५ जना,न्याय समूहका राजपत्राकिंत तृतीय श्रेणीका ३८९,कानुन सेवाकै राजपत्राकित तृतीय श्रेणीका १० र सरकारी वकिलतर्फका १३१ जना रहेका छन् । आयोगले अधिकृतदेखि सहसचिव तहसम्मका कर्मचारीको सरुवा गरेको छ भने दुई दर्जन बढी कर्मचारीहरूको पदस्थापन गरेको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/न्याय-सेवा-आयोग-२०८०।०१।२९-बैठक-एकसय-पचहत्तर-1.pdf” title=”न्याय सेवा आयोग २०८०।०१।२९ बैठक एकसय पचहत्तर (1)”]








