३ सचिव,१२ सहसचिवसहित १५६ उपसचिवको एकै पटक सरुवा {सूचीसहित}
न्याय सेवा आयोगले एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । न्याय सेवा आयोगका मंगलबार बसेको बैठकले तीन सचिव,१२ सहसचिवसहित १५६ उपसचिवहरुलाई यता उता पारेको छ ।
Advertisement 1
जसअनुसार,नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेकी छिन् भने त्यहाँका सचिव उदयराज सापकोटा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ल्याइएको छ । यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानून आयोगमा पठाइएको छ ।
आयोगले रजिष्ट्रार र सहायक रजिष्ट्रार गरि एक दर्जन सहसचिवहरुलाई पनि यता उता पारेको छ । सरुवाको सूची अनुसार, सर्वोच्च अदालतका सहरजिष्ट्रार हरिराज कार्कीको विशेष अदालतमा, उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढा मगरको उच्च अदालद जनकपुर,उच्च अदालत जनकपुर रजिष्ट्रार खड्गराज अधिकारीको उच्च अदालत तुलसीपुरमा, उच्च अदालत विराटनगर रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाको उच्च अदालत तुलसीपुर, बुटवलमा सरुवा भएको छ ।
Advertisement 2
Advertisement 3