खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकमा दुवाडी

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकमा रमाकान्त दुवाडी नियुक्त भएका छन् । त्यहाँका सूर्यराज कँडेल अनिवार्य अवकाशमा जाने भएसँगै उनको स्थानमा दवाडीलाई जिम्मेवारी दिएर पठाइएको हो । झण्डै एक बर्ष अख्तियारमा बिताएका दुवाडीलाई मन्त्रालयमा तानेर खानेपानीको डिजी बनाएर खटाइएको छ । कँडेल आगामी साउन १० गते उमेर हद लागेर घर जाँदैछन् ।

Advertisement 1

६० सालमा अधिकृत (इञ्जिनियर)को रुपमा निजामती सेवामा प्रवेश गरेका दवाडी त्यतिखेर स्थानीय विकास मन्त्रालय अन्र्तगतको जिल्ला प्राविधिक कार्यालयमा केही समय काम गरे । सहसचिवमा बढुवा भएसँगै उनले मेलम्ची खानेपानी आयोजनामा २ बर्ष,पश्चिमाञ्चल क्षेत्रीय कार्यालय झण्डै एक बर्ष,एक बर्ष खानेपानी विभागको उपमहानिर्देशक भएर काम गरे ।

यस्तै एक बर्ष बढी खानेपानी मन्त्रालयमा खानेपानी तथा वातावरण महाशाखा सम्हाले, खानेपानीको डिजी बन्नु अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । त्यहाँ २० महिनासम्म जिम्मेवारी निभाएका उनलाई हालै मात्र मन्त्रालयमा तानेर खानोपानी तथा ढल निकासको कमाण्डर बनाएर खटाइएको छ । उनले अस्ति ५ गते नै विभागको नेतृत्व सम्हालेका छन् ।

प्रकाशित :२०७९ श्रावण ८, आईतवार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry