काँग्रेसका सांसददेखि सभापतिसम्मले तिरेनन् भ्याट

आन्तरिक राजश्व विभागअन्तर्गतको आन्तरिक राजश्व कार्यालयले मूल्य अभिबृध्दि कर (भ्याट) तिर्न आनाकानी गर्ने २ सय ५६ फर्म र कम्पनीको सूची सार्वजनिक गरेको छ । कार्यालयले हिजो ५ लाख रुपैयाँभन्दा बढी कर तिर्न आनाकानी गर्ने विभिन्न उद्योगी,व्यवसायीहरुको सूची सार्वजनिक गरेको हो ।
Advertisement 1
यसरी भ्याट तिर्न आनाकानी गर्नेमा अन्नपूर्ण सुगर मिल्सका मालिक राकेश अग्रवालदेखि नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह,नेपाली काँग्रेसका नेता,सांसद, जिल्ला सभापतिहरुलगायत व्यवसायी छन् ।
हालै मात्र काँग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित जीपछिरिङ लामा, रामेछाप काँग्रेसका सभापति पूर्णबहादुर तामाङ,नुवाकोटका काँग्रेस सांसद बहादुरसिंह लामा, काँग्रेसकै नेता जयराम लामिछानेले लाखौं कर नतिरेको सूचनामा उल्लेख छ ।
Advertisement 2
चन्द्रकुमार गोल्छा,विमल पोध्दार, रोमिलाल श्रेष्ठ,रञ्जितराज आचार्यलगायत कर नतिर्ने व्यवसायीहरुको लामो सूची आज कार्यालयले सार्वजनिक गरेको हो । मूल्यअभिबृध्दि कर ९भ्याट० सरकारलाई तिर्छु भनेर उपभोक्तासँग उठाइएको रकम हो । त्यो कुनै पनि व्यवसायीले आफ्नोतर्फबाट तिर्नुपर्ने रकम नै होइन । त्यसैले भ्याट रकम छल्नु भनेको सर्वसाधारण र उपभोक्तासँग संकलन गरिएको रकम पच गराउन खोज्नु भएको कर विज्ञहरु बताउँछन् ।
Advertisement 3
यसरी कर तिर्न अटेर गर्नेहरुमा मिडिया उद्यमीहरु समेत देखिएका छन् । विजमाण्डु डट कमका सञ्चालक ओम थापाले ४३ लाख रुपैयाँभन्दा बढी कर तिर्न नभ्याएपछि कार्यालयले निकालेको सूचनामा उनको संस्था र नाम लेखिएको छ । भ्याट नतिर्ने भीडमा सौर्य पत्रिकाका प्रकाशक बोधराज त्रिपाठीले ६० लाखभन्दा बढी, एबीसी टेलिभिजनका शुभशंकर कँडेलले ११ लाख ९२ हजार, जयराम नेपाल ३२ लाख, लेखान्त पौडेल ११ लाख ९५ हजार, सोपान प्रेसले ६८ हजार,छन् ।
कार्यालयले ती सबैलाई तत्काल बक्यौता कर रकम तिर्न भनेको छ । कर बक्यौता भएका कम्पनीलाई तारन्तार पत्राचार,टेलिफोन गर्दासमेत अटेर गरेका कारण १५ दिने सूचना प्रकाशन गरिएको जनाइएको छ ।